२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

एलआईसी नेपालद्वारा पाँचसय विद्यार्थीलाई विद्यालय पोशाक वितरण

शुक्रवार , बैशाख १८, २०८३

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १८ वैशाख । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलाईसी)ले पाँच सय जना विद्यार्थीहरुलाई विद्यालय पोशाक (टिसर्ट र ट्राउजर) वितरण कार्यक्रम गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिरमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको बीमा सहजकर्ता लक्ष्मी के.सी.ले बताउनुभयो ।

    कम्पनीका कार्यकारी प्रमुख प्रणय कुमारले विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको थियो । त्यस्तै विद्यालय प्रांगणभित्र वृक्षरोपण समेत गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र पालको अध्यक्षता, एलआईसीका कार्यकारी प्रमुख प्रणय कुमारको प्रमुख आतिथ्यता, लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनको विशिष्ट आतिथ्यता, सूर्य बहादुर जि.सी.को आतिथ्यता, प्रधानाध्यापक त्रिलोकीनाथ श्रीवास्तवको स्वागत तथा दिनेश प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।