२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

निर्वाचनको पराजयबाट पाठ सिकेर एमालेलाई पुनर्गठित गर्छौं : उपाध्यक्ष पौडेल

बुधवार , बैशाख १६, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • काठमाडौं, १६ बैशाख । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको नतिजालाई गम्भीर धक्काका रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने घोषणा गर्नुभएको छ । 

    बुधवार २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले फागुन २१ गतेको निर्वाचन नतिजालाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुने बताउनुभएको हो । उपाध्यक्ष पौडेलले विगत १० वर्षमा एमालेले दुई तिहाइ नजिकको सरकार बनाउने जस्ता ठूला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको उल्लेख गर्नुभयो ।

    आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’ को मार्गनिर्देशनमा रहेर पार्टीको नीति र विचारलाई अद्यावधिक गरिने उहाँले बताउनु भयो । निराशा र पलायन समस्याको समाधान नभएको भन्दै उहाँले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ सङ्गठन निर्माणमा जुट्न आह्वान गर्नुभयो । वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अध्यादेशको बाटो रोजेको भन्दै उहाँले त्यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताउनु भयो । 

    पौडेलले भन्नुभयो, ‘ यस पटक अत्यन्तै नराम्ररी पराजित भएका छौँ, गम्भीर धक्का, गम्भीर असफलता हामीले व्यहोर्नुपरेको छ । तर म यहाँहरूलाई के बताउन चाहन्छु भने यो धक्का, यो असफलतालाई चिरेर हामी उठ्छौँ । यो असफलतालाई हामीले चाहिँ बाट शिक्षा लिन्छौँ र हामी फेरि पनि उठ्छौँ, त्यो आत्मविश्वासका साथमा अगाडि बढ्नुपर्छ ।

    यदु गौतमजस्ता शहीदहरूलाई हामीले यस अर्थमा सम्झना गर्नुपर्छ कि हाम्रो आन्दोलनले सफलता–असफलताका अनेक चरणहरू पार गर्दै अगाडि बढेको छ ।

    यस पटक हामीले धेरै ठूलो धक्का व्यहोर्नुपरेको छ, फेरि पनि यो धक्कालाई चिरेर हामी अगाडि बढ्छौँ र उठ्छौँ भन्ने त्यो आत्मविश्वास यदु गौतमजस्ता सहिदहरूलाई सम्झिएर हामीले त्यो आत्मविश्वास सङ्गठित गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

    त्यसकारण अहिले कतिपय यो पछिल्लो पराजयबाट, पछिल्लो धक्काबाट कतिपय मानिसहरूमा निराशाको स्थिति, कतिपय मानिसहरूमा पलायनको स्थिति देखाप¥या छ । कति निराशा भइरहेका छन्, कतिपय पलायन भइरहेका छन् ।

    पलायन हुनु, निराशा निराश हुनु यो समस्याको समाधान होइन। र कतिपयमा फेरि के देखापर्न खोज्दैछ भनेदेखि उग्रवामपन्थी भड्काउ । चाहिने नचाहिने अन्टसन्ट राष्ट्रिय राजनैतिक परिस्थिति के छ, शक्ति सन्तुलन के छ, त्यो सारा कुरालाई नजरअन्दाज गरेर अन्टसन्ट चबोलेर केदेखि भने त्यो सुरवीर देखिन खोज्ने खालका प्रवृत्तिहरू पनि देखापर्न सक्छन्, देखापर्न खोजिरहेका छन्।

    नेकपा एमाले यो असफलताको गम्भीरतापूर्वक हामी समीक्षा गर्छौँ। हामीले किन यो असफलता प्राप्त ग¥यौँ? यो पछिल्लो १० वर्षको कुरा गर्ने हो भने यो विगतको संविधान जारी भएपछिको १० वर्षको कुरा गर्ने हो भने नेकपा एमालेले इतिहासमा सबभन्दा ठुलो सफलता प्राप्त गरेको छ।

    हाम्रो पार्टीले, हाम्रो आन्दोलनले सबभन्दा ठुलो सफलता प्राप्त गरेको छ। हामीले आफ्नै नेतृत्वमा झन्डै दुई तिहाइ बहुमतको सरकार, बहुमतको मात्रै होइन, सुविधाजनक बहुमतको मात्रै होइन, झन्डै दुई तिहाइ बहुमतको सरकार निर्माण गर्ने त्यो सफलता पनि हामीले यसबिचमा प्राप्त ग¥यौँ र अहिले हामी यो तहको धक्का, नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासकै सबभन्दा ठुलो धक्का, फागुन २१ गतेको निर्वाचन र त्यसको माध्यमबाट जुन परिणाम प्रकाशित भएको छ, त्यो परिणामलाई हेर्ने हो भने हाम्रो आन्दोलनले सबभन्दा ठूलो धक्का बेहोरेको छ। अब हामी यो १० वर्षको समग्र समीक्षा गर्छौँ।

    किन हामीले त्यो सफलता प्राप्त गरेका थियौँ, किन हामीले यो धक्का व्यहोर्नुपरेको छ ? यसका कारणहरू के हुन् ? यसका आन्तरिक कारणहरू के हुन् ? यसका वाह्य कारणहरू के हुन्? हाम्रो नीति यसका निम्ति जिम्मेवार छ कि, हाम्रो सङ्गठन यसका निम्ति जिम्मेवार छ कि, हामी नेताहरू यसका निम्ति जिम्मेवार छौँ कि, हाम्रो कामको तरिका, कार्यशैली यसका निम्ति जिम्मेवार छन् कि वा के कारण छ? राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति के कारणले हामीले यो तहको धक्का, यो तहको असफलता बेहोर्नुप¥यो, हामी यो सबै चिजको समग्रतामा समीक्षा गर्छौँ र समीक्षाको अनुभवबाट, समीक्षाको निष्कर्षहरूको जगमा हामीले हाम्रो आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठित गर्छौँ। हामीले हाम्रो विचारलाई अपडेट गर्छौँ, विचारलाई अद्यावधिक गर्छौँ।

    हाम्रा नीतिहरूलाई अद्यावधिक गर्छौँ, नीतिहरूलाई आज परिष्कृत बनाउँछौँ। हाम्रो यो चेन्जिङ कन्टेक्स्टमा हाम्रा नीतिहरूलाई अझ परिष्कृत गर्छौँ, परिमार्जन गर्छौँ, समृद्ध तुल्याउँछौँ। हाम्रो नेतृत्वमा, हाम्रो कार्यतरिकामा, हाम्रो सङ्गठनमा, हाम्रो आचरणमा, हाम्रो अभ्यासमा जहाँ–जहाँ त्रुटिहरू देखिएका छन्, जहाँ–जहाँ भुलहरू देखिएका छन्, ती भुलहरूका बारेमा, त्रुटिहरूका बारेमा हामी देशवासीहरूसामु क्षमायाचना गर्छौँ।

    हामी हाम्रा तर्फबाट भएका भुलहरूका बारेमा हामी निसङ्कोच देशवासीहरूसँग क्षमायाचना गर्छौँ र हामी भन्छौँ हामीले हाम्रा भुलहरूलाई स्वीकार गरेका छौँ, हामी हाम्रा त्रुटिहरूलाई स्वीकार गरेका छौँ र हामीले हाम्रा नीतिलाई, हाम्रो कार्यतरिकालाई परिवर्तन गरेका छौँ, परिमार्जन गरेका छौँ।

    हामी फेरि पनि जनताको, राष्ट्रको सेवामा हामी समर्पित भएर काम गर्न सङ्कल्पबद्ध छौँ भन्ने हिसाबले हामी जनताका बिचमा जान्छौँ र यसरी हाम्रो आन्दोलनलाई नयाँ सिरामा पुनर्गठित गर्छौँ, पुनव्र्यवस्थित गर्छौँ र नयाँ ढङ्गले हाम्रो आन्दोलनलाई उठाउँछौँ भन्ने यो आत्मविश्वास हामीले लिनुपर्छ भन्ने मलाई लाग्दछ।

    त्यसकारण म साथीहरूसँग के आग्रह गर्न चाहन्छु भने नेपालको कम्युनिस्ट आन्दोलनले बेलाबेलामा दक्षिणपन्थी अवसरवादको सामना गर्नुपरेको छ। केशरजङ्ग रायमाझीजस्ता अवसरवादीहरूले हाम्रो आन्दोलनलाई एउटा दक्षिणपन्थी विसर्जनवादी ढङ्गले समाप्त गर्न खोजे र बेलाबेलामा उग्रवामपन्थी अवसरवादहरू पनि प्रकट भए र उग्रवामपन्थी अवसरवादले पनि हाम्रो आन्दोलनमा धेरै ठुलो क्षति पु¥याएको छ।

    यो उग्रवामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादका विरुद्धको सङ्घर्षका क्रममा हामीले नेकपा एमालेले जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवादको कार्यक्रम र सिद्धान्त प्रतिपादन गरेका छौँ, त्यो विकसित गरेका छौँ। 

    जनताको बहुदलीय जनवादको प्रयोजन, त्यसको मार्गदर्शनको औचित्य अहिले पनि उत्तिकै आवश्यक छ भन्ने मलाई लाग्दछ। हाम्रा असफलताहरूले हामीले भोगेको धक्काले, हामीले भोगेको पराजयले जनताको बहुदलीय जनवादको औचित्यलाई खण्डित गर्न सकेको छैन, खण्डित गर्दैन भन्ने कुरा म यहाँहरूलाई बताउन चाहन्छु।

    जनताको बहुदलीय जनवादले के भन्छ भने हरदम हामीले निरन्तर जनताका बिचमा जानुपर्छ र जनताबाट अनुमोदित भएर जनताको सेवामा समर्पित भएर काम गर्नुपर्छ। एक पटक होइन, अनेक पटक। एउटा सफलताबाट होइन, एक चोटी सफल भएर पुग्ने होइन, निरन्तर सफल हुनुपर्छ। जनताको विश्वास जित्न हामी निरन्तर सफल भइरहनुपर्दछ।

    यो सोचका साथमा, यो जनताको बहुदलीय जनवादको यो मार्गदर्शनको साथमा हामीले आफूलाई अगाडि बढाउनुपर्दछ। जनताको बहुदलीय जनवाद मलाई के लाग्छ भने हामीले यो असफलता, यो धक्का, यो पराजयबाट उठ्न सक्छौँ भन्ने हाम्रो आत्मविश्वासको सबभन्दा बलियो आधार जनताको बहुदलीय जनवाद।

    जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गर्छ। हामीले हाम्रा भुलत्रुटिहरूलाई देख्छौँ, समीक्षा गर्छौँ, स्वीकार गर्छौँ, सच्याउँछौँ र फेरि हामी धुलो टक्टक्याएर उठ्छौँ र अगाडि बढ्छौँ ।’

    उहाँले आत्मविश्वासको सबभन्दा बलियो आधार जनताको बहुदलीय जनवाद भएको बताउनु भयो ।