
आइतवार , बैशाख २६, २०७८
बुटवल। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध पुनः अबिश्वासको प्रस्ताव दर्ता गराएका बिपक्षी गठबन्धनका सांसदले बिशेष अधिबेशनको माग गर्दै प्रदेश प्रमुख कार्यालयमा समाबेदन पत्र दर्ता गराएका छन्।
बिपक्षी गठबन्धनका नेता एवं प्रस्तावित मुख्यमन्त्रीका प्रत्यासी कुलप्रसाद केसीको नेतृत्वमा ४० जना सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालयमा समाबेदन पत्र बुझाएका हुन्।
केसीको नेतृत्वमा नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान, सचेतक निर्मला क्षेत्री, नेकपा माओबादी केन्द्रका प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री सुदर्शन बराल लगाएत प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। अल्पमतमा रहेका एमाले नेता शंकर पोखरेलले एकल बहुमतको सरकार बनाएको भन्दै बिपक्षी गठबन्धनले त्यसको प्रतिवाद गर्दै आएको छ।
प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले बैशाख १९ गते मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका थिए। मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्दा एमालेका दुई जना सांसदले एमाले छाडिसकेका थिए। त्यही कुरालाई आधार मानेर बिपक्षी गठबन्धनले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ती अबैधानिक भएको भन्दै नियुक्त रद्ध गर्न माग गर्दै आएका थिए।
यस अघि बैशाख ६ मा पनि बिपक्षी गठबन्धनले मुख्यमन्त्रीमा शंकर पोखरेलको बिरुद्ध अबिस्वासको प्रस्ताव दर्ता गरेका थिए। बैशाख १९ गतेका लागि आब्हान गरिएको बिशेष अधिबेशनकै दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि बिशेष अधिबेशन बैठक नै नबसी टुङ्गिएको थियो।
प्रदेश सभामा हाल ७९ जना सदस्य छन्। बहुमतका लागि ४० सदस्य आवश्यक पर्छ। जसमा नेकपा एमालेका ३८, नेपाली काँग्रेसका १९, नेकपा माओबादीका सभामुख बाहेक १८, जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ जना छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij