images

आइतवार, बैशाख १६ गते २०८१

जसपाका नेताहरुले भेटे ओली र देउवालाई, विश्वासको मतमा तटस्थ बस्ने तयारी

जसपाका नेताहरुले भेटे ओली र देउवालाई, विश्वासको मतमा तटस्थ बस्ने तयारी

images
images
images
आइतवार, बैशाख २६ २०७८
आइतवार, बैशाख २६ २०७८
  • जसपाका नेताहरुले भेटे ओली र देउवालाई, विश्वासको मतमा तटस्थ बस्ने तयारी

    काठमाडौँ, २६ वैशाख ।

    images

    जनता समाजवादी पार्टीले भोली प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट लिने विश्वासको मतका सन्दर्भमा तटस्थ बस्ने भएको छ । नेकपा एमालेका नेता माधव कुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डा. सुरेन्द्र कुमार झाले जानकारी दिए । 

    जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आज प्रम ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर सो कुराको जानकारी गराएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि दर्ता नगर्ने जनाएकोले आफूहरु पनि तटस्थ बस्ने निर्णय भएको नेता झाको भनाइ छ । 

    झाले भने-एमालेको माधव नेपाल समुहले राजीनामा दिएमा विपक्षी गठबन्धन पनि बलियो बन्ने सम्भावना नरहेकोले जसपाले तटस्थ बस्ने तयारी गरेको हो । बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा कांग्रेस सभापति देउवाले वर्तमान सरकारको पक्षमा मतदान नगर्न र विपक्षमा मतदान गर्न आग्रह गरेका थिए । यसअघि ओलीले दुवै नेताहरुलाई बालुवाटारमा भेटेर सरकारलाई विश्वासको मत दिएर सघाउन आग्रह गरेका थिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij