सोमवार , बैशाख ७, २०८३
दाङ, ७ वैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत १३ औं बैठक सोमबार (आज) दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सर्वप्रथम प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।
त्यसै गरी सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम तय गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij