२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

फैलिदै होटल पौवा…

भैरहवा र जनकपुरका दुई होटलमा नयाँ होटलसंग साझेदारी

शुक्रवार , बैशाख ४, २०८३

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा । होटल पौवाले मुलुकका दुई ठुला पर्यटकिय शहरहरुमा नयाँ होटलहरुसंग साझेदारी गरेको छ । नेपाली हस्पिटालिटी क्षेत्रमा आफ्‌नो छुट्टै पहिचान बनाएको होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय शहरमा शाखा विस्तार गरेको छ ।

    पौवाले भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटल र जनकपुरस्थित होटल रोयल प्यालेससंग औपचारिक सम्झौता गर्दै आफ्नो व्यवसायिक सञ्जाललाई विस्तार गरेको हो ।होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालको होटल व्यवसायलाई थप व्यवस्थित, पर्यटक मैत्री र नेपाली आतिथ्यतालाई व्यावसायिक उत्कृष्टता प्रदान गर्नका लागि व्यवसाय थप गर्दै गएको बताउनु भयो । 

    होटल पौवाले छोटो अवधिमै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपाली भाषा, संस्कृति र रैथाने खानाको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ । अध्यक्ष भण्डारीले भन्नुभयो, ‘पछिल्लो सम्झौतामार्फत प्रमुख पर्यटकीय केन्द्रहरूमा आफ्नो पहुँच विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने विश्वास लिएका छौं ।’

    पौवाले आगामी दिनमा थप होटल सञ्चालन तथा व्यवस्थापनमार्फत आफ्नो ब्रान्डलाई अझ सुदृढ बनाउने योजना अघि सारेको छ । गत चैत २५ गते १० वर्ष पुरा गरेको पौवाले ‘बितायौं बालापन’ अवधारणमा स्वाद उत्सव लगायतका विविध कार्यक्रम आयोजना गरेको थियो ।

    आगामी दशकमा ‘मिसन १००’ को लक्ष्य पुरा गर्ने उद्देश्य राखेको पौवाले नयाँ लगानीको स्रोत जुटाउन चैत २८ गते लगानी सम्मेलन समेत आयोजना गरेको थियो । यसअघि देशका विभिन्न स्थानमा पौवाका १७ वटा शाखा सञ्चालनमा छन् ।