२०८३, जेठ १८ गते

Jun 01 2026 | २०८३, जेठ १८ गते

नक्कली नोटसहित रुपन्देहीमा चारजना पक्राउ

शुक्रवार , बैशाख ४, २०८३

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, ४ वैशाख । रुपन्देही प्रहरीले नक्कली नोटसहित चारजनालाई पक्राउ गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ बस्ने ३६ वर्षिय विष्णु श्रेष्ठ, नवलपरासी (पुर्व) देवचली नगरपालिका–१५ बस्ने २८ वर्षिय सुजन खनाल भन्ने मुक्ति प्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ बस्ने ३५ वर्षिय रोल बहादुर श्रेष्ठ र काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ५३ वर्षिय दिपेन्द्र थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानहरुमा नेपाली नोटको अवैध कारोवार भइरहेको भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो ।

    उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले निगरानीको क्रममा २०८२ चैत २२ गते सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) र चैत २६ गते सैनामैना नगरपालिका–१० स्थित भच्कैयाबाट रु. १ हजार दरका नेपाली नक्कली नोट २१ थानसहित चारजनालाई पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिनुभयो। सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।