२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

लुम्बिनीमा कन्टेन्ट क्रियटरका लागि खुला प्रतिष्पर्धा हुने

शुक्रवार , बैशाख ४, २०८३

  • 598
    Shares
  • 598
    Shares
  • दाङ, ४ वैशाख । लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठकले युवामुखी नीति तथा कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ । 

    बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ भित्रै युवालाई लक्षित गर्दै सामग्री सर्जकहरूबीच (कन्टेन्ट क्रियटर) बीच खुला प्रतिष्पर्धा आयोजना गर्ने निर्णय गरेको छ । उक्त प्रतिष्पर्धाबाट उत्कृष्ट सामग्री सर्जकलाई छनोट गरी ‘उत्कृष्ट सामग्री पुरस्कार’ प्रदान गरिनेछ । 

    युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बिहीबार बसेको बैठकमा युवासम्बन्धी नीति तथा कार्यक्रममाथि छलफल गरिएको हो । मन्त्री पाण्डेयले प्रदेशका युवामा सकारात्मक सोच, सिर्जनशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको बताउनुभयो । 

    यसैबीच प्रदेश युवा परिषद् विकास समिति लुम्बिनीमा नयाँ सदस्यहरू नियुक्त गरिएको छ । मन्त्रालयले पंकज पाठक र मनिषा हरिजनलाई परिषद्को सदस्य पदमा नियुक्त गरेको जनाएको छ । प्रदेश युवा परिषद् विकास समिति (गठन) आदेश, २०७८ अनुसार उनीहरूलाई तोकिएको पदावधिका लागि सदस्यमा नियुक्त गरिएको हो ।