२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

प्रतिपक्षी दलका नेताहरू र सभामुख अर्यालबीच भेटवार्ता

बिहिवार , बैशाख ३, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, ३ बैशाख । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । 

    भेटका क्रममा प्रतिपक्षी दलका नेताहरूले संसदीय समितिको नेतृत्वका बारेमा पनि चासो राखेका हुन् । उनीहरूले आागमी संसद अधिवेशनलाई प्रभावकारी बनाउन पनि सभामुखको ध्यानाकर्षण गराएका छन् ।

    भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भीष्मराज आङदाम्बे, अर्जुननरसिंह केसी, नेकपा एमालेबाट गुरु बराल, पद्या अर्याल, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।