२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

सिंहदरबारमा प्रतिपक्षी तीन दलको बैठक जारी

बिहिवार , बैशाख ३, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • काठमाडौं, ३ बैशाख । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक बसिरहेको छ । 

    बैठकमा काँग्रेसबाट अर्जुननर सिंह केसी, भीष्मराज आङदाम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल र नेकपाबाट युवराज दुलाल लगायतका नेताहरुको सहभागिता रहेको छ । बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

    विपक्षी दलहरुबीचको यो सहकार्यले संसदमा सरकारलाई जवाफदेही बनाउन थप बल पुग्ने नेताहरुले बताएका छन् । लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको हो ।

    यद्यपि श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने बताइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त उम्मेदवारले समितिको नेतृत्व गर्ने निश्चित छ ।