२०८३, जेठ १७ गते

May 31 2026 | २०८३, जेठ १७ गते

टर्कीको विद्यालयमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु

बिहिवार , बैशाख ३, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, ३ बैशाख । टर्कीका आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्टसीकाअनुसार बुधवार टर्कीको दक्षिणी शहर कहरामनमारसमा भएको विद्यालय गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

    सिफ्टसीले मृत्यु हुनेमध्ये आठ जना विद्यार्थी र एक जना शिक्षक रहेको जानकारी दिँदै १३ जना घाइते भएको र तीमध्ये छ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । यसैबीच, टर्कीका शिक्षा मन्त्री युसुफ टेकनले कहरामनमारसमा दुई दिनका लागि पठनपाठन बन्द गरिएको जानकारी दिएका छन् ।

    स्थानीय प्रसारक एनटीभीले कहरामनमारसका गभर्नर मुकर्रेम उनलुएरलाई उद्धृत गर्दै जनाए अनुसार, यो घटना स्थानीय समयअनुसार दिउँसो १ः३० बजे (१०ः३० जीएमटी) ओनिकिसुबात जिल्लाको आयसर कालिक मध्य विद्यालयमा भएको हो, जहाँ आक्रमणकारीले दुईवटा कक्षाकोठामा प्रवेश गरी आक्रमण गरेका थिए ।