सोमवार , चैत्र ३०, २०८२
काठमाडौं, ३० चैत । पूर्वी भारतीय राज्य बिहारमा बस र पिकअप भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
यो दुर्घटना बिहारको राजधानी पटनाबाट करिब २७९ किलोमिटर पूर्व कटिहार जिल्लाको गेराबारी नजिकै भएको हो । प्रहरीले यस घटनाबारे मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।
संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले हालै भारतमा वार्षिक रूपमा करिव ५ लाख सडक दुर्घटना र १ लाख ८० हजार मृत्यु हुने गरेको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij