आइतवार , चैत्र २९, २०८२
भैरहवा, २९ चैत । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक कार्ययोजना अनुसार प्रकाशन भएको नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो (क्याण्डेर) विमोचन गर्नुका साथै शुभकामना आदानप्रदान गरिएको अध्यक्ष यादव पोख्रेलले बताउनुभयो ।
कार्यक्रममा वक्ताहरुले मदिरा व्यवसायी संघ भैरहवाले व्यवसायीको हकहित मात्र नभइ सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आएको बताए । उनीहरुले संस्थाले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डे, निवर्तमान अध्यक्ष बाबुराम पाण्डे, सल्लाहकार खिम बहादुर खत्री, सागर डिष्ट्रिलीका सेल्स म्यानेजर विदुर तिमिल्सना लगायतले बोल्नुभएको थियोे ।
कार्यक्रम संयोजक एवं संघका कोषाध्यक्ष विनोद आचार्यको स्वागत, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको धन्यवाद ज्ञापन तथा महासचिव सुन्दर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
विगतका वर्षमा भव्य रुपमा कार्यक्रम आयोजना गरिदै आएकोमा संस्थाका उपाध्यक्ष तेज बहादुर खत्रीको निधन भएका कारण संक्षिप्त रुपमा कार्यक्रम गरिएको निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij