२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

विश्व हिन्दु परिषद् मायादेवीको अध्यक्षमा अरुण यादव

आइतवार , चैत्र २९, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २९ चैत । विश्व हिन्दु परिषद् नेपाल मायादेवी गाउँपालिका, रुपन्देहीको गाउँपालिका समिति गठन कार्यक्रम सम्पन्न भएको छ । शनिबार मायादेवी–६ बेथरीस्थित कोटहीमाई मन्दिर धर्मशालामा भएको कार्यक्रममा अरुण कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो ।

    नवगठित समितिको सचिवमा दयाशंकर चौधरी, गौरक्षा प्रमुखमा सुुनिल केवट, सत्संग प्रमुखमा प्रदीप प्रजापति, सेवा प्रमुखमा राजकुमार हरिजन, युवा प्रमुखमा विजय शंकर यादव, सम्पर्क प्रमुखमा आकाश कुमार यादव र धर्म प्रसार प्रमुखमा निरज यादव रहनुभएको छ ।

    त्यस्तै सदस्यमा प्रभाकर यादव, राहुल यादव, कृष्ण यादव, आशिष यादव, उज्जवल यादव, दिनेश शाह, अर्जुन कसौधन र सल्लाहकारमा रविन्द्र यादव रहनुभएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि हिन्दू स्वयंसेवक संघ नगर सेवा प्रमुख विकास यादवले हिन्दू धर्म-संस्कृतिको संरक्षणका लागि एकजुट भइ अगाडि बढ्न आग्रह गर्नुभयो ।

    WhatsApp Image 2026-04-11 at 6.29.48 PM.jpeg
    undefined

    त्यस्तै विश्व हिन्दू परिषद् लुम्बिनी प्रदेश संगठन सचिव युगल किशोर तिवारी, परिषद्को रुपन्देही जिल्ला सचिव एस.पी. पाण्डे, रोहिणी गाउँपालिका अध्यक्ष मोहन सहानी, ओमसतिया गाउँपालिका अध्यक्ष मोहित द्विवेदी, दुर्गा प्रसाद कान्दु लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा नन्दु यादव, विजय कुमार मौर्या, सुनिल उपाध्याय लगायतको उपस्थिति थियो ।