शनिवार , चैत्र २८, २०८२
दाङ, २८ । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ ।
प्रतिष्पर्धी नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मी दोस्रोपटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो । गुल्मीले नवलपरासीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले हराएको हो ।
उपाधिसँगै नगद १ लाख, ट्रफी र मेडल हात पारेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी प्रतियोगितामा रुपन्देही तेस्रो र प्यूठान चौथो भएका हुन् ।
रुपन्देहीले प्युठानलाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान कायम गरेको हो भने प्यूठान चौथो भएको हो । तेस्रो भएको रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्युठानले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij