२०८२, चैत्र २८ गते

Apr 11 2026 | २०८२, चैत्र २८ गते

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक

शुक्रवार , चैत्र २७, २०८२

  • 193
    Shares
  • 193
    Shares
  • काठमाडौं, २७ चैत । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत ‘पैसा’ सार्वजनिक भएको छ ।उच्चस्तरीय दृश्य निर्माणसहित तयार पारिएको उक्त म्युजिक भिडियोमा प्रिति आले, बबिता धिताल र डिमिट्रीको अभिनय रहेको छ ।
    गीतमा स्वर, शब्द तथा संगीत प्रिति आलेकै रहेको छ भने संगीत संयोजन राकेश सोनीले गर्नुभएको छ । रे

    कर्डिङ कमल मगरले  र मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ । गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो ।

    म्युजिक भिडियोको निर्देशन पनि प्रिति आलेले नै गर्नुभएको छ । भिडियोमा क्लब १६ को नाइटलाइफ अनुभवलाई आकर्षक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

    कोरियोग्राफी थम्मन तडी (टक्की) ले गर्नुभएको छ भने छायांकन दुर्गा पौडेल र गणेश सापकोटाले गर्नुभएको छ । भिडियो सम्पादन नवीन घर्ती मगरले गर्नुभएको छ । उत्पादन व्यवस्थापन राम लामाले सम्हाल्नुभएको छ । त्यस्तै मेकअप आर्टिस्टका रूपमा बिनिता तामाङ रहनुभएको छ । पोस्ट–प्रोडक्सन एड्भेन्चर इन्टरटेनमेन्टले गरेको हो ।

    निर्माण पक्षका अनुसार ‘पैसा’ केवल गीत मात्र नभई विशेष अनुभूति दिने प्रयासका रूपमा तयार गरिएको छ । क्लब १६ इन्टरटेनमेन्टले आगामी दिनमा पनि यस्तै नयाँ सामग्री सार्वजनिक गर्ने जनाएको छ ।