२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

‘समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ’ : राप्रपा नेता शाही

बिहिवार , चैत्र २६, २०८२

  • 115
    Shares
  • 115
    Shares
  • काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको बताउनुभएको छ ।

    बिहीवार उपसभामुखको उम्मेद्वारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उहाँले रास्वपा सभापति लामीछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको बताउनुभएको हो ।

    लामिछानेको फोनपछि आफूहरुले उपसभामुखमा सरस्वती लामालाई उम्मेद्वार बनाएको उहाँको भनाई छ । रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा)की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिले कहीँ तलमाथी हुने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हामीले सबैसंग कुरा गरेर नै उम्मेद्वार दर्ता गराएको हो । स्वयं रास्वपा सभापति रवि लामिछानेज्युले नै फोन गरेरपछि हामीले उम्मेद्वारी दर्ता गरेको हो, अब हामीले दर्ता गराएका छौँ, अब अरु उहाँहरुले जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, गरुन । उहाँहरुले अर्कोतिर समर्थन गरेर राजनीति गर्नुहुन्छ भने गरुन्, त्यसमा मेरो केही आपत्ति छैन ।

    मैले सत्य कुरा बोल्ने हो, यथार्थ कुरा बोल्ने हो । रास्वपा सभापति रवि लामिछानेज्युले फोन गरेपनि नै हामीले उम्मेद्वारी दिएको हो । सबै प्रतिपक्षी एक भएपछि गरेको हो, अब राजनितिमा त्यो तलमाथी भईहाल्छ, त्यो भयो भने भोली हामी पनि देखाउँला के भयो र ।’ 

    उहाँले खसआर्य पुरुष समुदायको सभामुख भएपछि जनजाती महिलालाई उपसभामुखको उम्मेद्वार बनाएको बताउनु भयो । –