२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

क्षत्री समाज सिद्धार्थनगर–१२ को अध्यक्षमा शेरजंग बस्नेत

शनिवार , चैत्र २१, २०८२

  • 208
    Shares
  • 208
    Shares
  • भैरहवा, २१ चैत । राष्ट्रिय अखण्डता र जातीय स्वाभिमानको लागि क्षत्री समाज नेपालले आफ्ना गतिविधिहरुलाई तीव्रता दिएको छ । वडा तहबाट अधिवेशन र प्रतिनिधि छनौट गर्दै  नयाँ नेतृत्व चयन र पुनर्गठन कार्यलाई तीव्रता दिएको समाजले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा पनि कमिटी पुनर्गठन गरेको छ ।

    पुनर्गठित समाजको अध्यक्षमा शेरजंग बहादुर बस्नेत चयन हुनुभएको छ । डाडागाउँस्थित युनिक बैंक्वेटको हलमा समाजका नगर अध्यक्ष मिलन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले बस्नेतलाई पुनः अध्यक्षमा चयन गरेको हो । उहाँ यसअघि पनि अध्यक्ष रही कार्य गर्नुभएको थियो ।

    वडास्तरीय उक्त कमिटीको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर बस्नेत, उपाध्यक्षमा कल्पना थापा, सचिवमा रुपा थापा र कोषाध्यक्षमा बिना बिष्ट चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरुमा अनिल थापा, राजु क्षेत्री, अरुण पछाई, विष्णु थापा, कृष्ण कुमारी बस्नेत, लक्ष्मण खाती र नरेश के.सी. चयन हुनुभएको छ ।

    वडा अधिवेशनले लक्ष्मण खाती, अरुण पछाई, विष्णु थापा, कृष्ण कुमारी बस्नेत र नरेश के.सी.लाई नगर प्रतिनिधिको रुपमा सिफारिस समेत गरेको नवनिर्वाचित सचिव रुपा थापाले जानकारी दिनुभयो ।

    अधिवेशन तथा भेलामा क्षत्री समाजका सिद्धार्थनगर अध्यक्ष मिलन बस्नेतले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, जातीय स्वाभिमान एवं सामाजिक एकताको लागि सबै क्षत्री जाती एकताबद्ध हुनुपर्ने बताउनुभयो । 

    सो अवसरमा समाजका अध्यक्ष शेरजंग बस्नेतले ‘सबैको लागि सबै सकारात्मक सोच’ का साथ एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो  । भेलामा पूर्व वरिष्ठ उपाध्यक्ष विष्णु बहादुर रिमालले एकता र सहकार्यले नै समाजलाई उन्नत दिशातर्फ लैजाने बताउनुभयो ।