२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

२४ लाख बढीको अवैध सामान बरामद

शनिवार , चैत्र २१, २०८२

  • 244
    Shares
  • 244
    Shares
  • भैरहवा, २१ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार २४ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ ।

    जिल्लाका विभिन्न स्थानहरुबाट चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी मूल्य २४ लाख २४ हजार रुपैयाँ बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीले जेन्स कटन सर्ट, एलईडी स्ट्रीट लाईट, विभिन्न प्रकारका फलफूल, तरकारीसहित कार, मोटरसाईकल र साईकल बरामद गरेको हो ।

    नियन्त्रणमा लिइएका सामान र सवारीसाधन आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले जानकारी दिनुभयो ।