२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

कांग्रेस संसदीय दलको बैठक भोलि शनिबार बस्दै 

शुक्रवार , बैशाख २४, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २४ वैशाख ।

    समसामयिक राजनैतिक बिषयमा छलफल गर्ने र पार्टीको आधिकारिक धारणा बनाउने उद्देश्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ । 

    संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजे बस्ने बैठकमा आगामी बैशाख २७ गतेको तयारी, आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभाको आगामी बैठकका लागि पार्टीको तयारी लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खांणले बताए ।

    यसअघि कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको र सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने नेता खांणले जानकारी दिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकोले यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । 

    कांग्रेसले यसअघि नै संघिय प्रतिनिधिसभामा प्रमले दर्ता गरेको विश्वासको मत लिने प्रस्तावको बिपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।