मंगलवार , चैत्र १०, २०८२
काठमाडौं, १० चैत । मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक सातामै सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा ८० रुपैयाँले बढेको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij