सोमवार , चैत्र ९, २०८२
भैरहवा, ९ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाभित्र चैत ८ गते आइतबारदेखि शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख (उपसचिव) चेतनशील लम्सालका अनुसार परीक्षामा संस्थागत विद्यालयबाट १ हजार १ सय ५७, सामूदायिकबाट ६ सय ७ र धार्मिक विद्यालयबाट ३ गरी १ हजार ७ सय ६७ जना विद्यार्थी सहभागी छन् ।
परीक्षा सञ्चालनका लागि ४० वटा परीक्षा केन्द्र तोकिएको लम्सालले जानकारी दिनुभयो । परीक्षा आगामी चैत १६ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।
परीक्षाको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार नगर उपप्रमुख उमा अधिकारी, शिक्षा शाखाका अधिकृतसहितको टोलीले विभिन्न परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ ।
उपप्रमुख अधिकारीका अनुसार परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको छ । परीक्षा भनेको विद्यार्थीहरुले वर्षभरी सिकेको ज्ञानलाई प्रस्तुत गर्ने एउटा राम्रो अवसर भएको अधिकारीले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij