२०८२, चैत्र ९ गते

Mar 23 2026 | २०८२, चैत्र ९ गते

यस वर्ष वन डढेलोको घटना कम हुन्छ : वन मन्त्रालय

सोमवार , चैत्र ९, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • काठमाडौं, ९ चैत । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आ.व.मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताउनुभएको छ । 

    सोमवार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पार्नुभयो ।

    हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उहाँको तर्क थियो । सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताउनु भयो ।  

    उहाँले भन्नुभयो,‘वनमा हुने डढेलो इन्सिडेन्ट कसरी घटना सकिन्छ ? भन्ने कुराका भेरिएवलहरु के के हुन त ? हाम्रो टेन्डेन्सी के छ भने यो जनवरीको इन्डमा पुसको तेस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म थ्रि डेस वीन्टर रेन्फल भयोभने त्यो वर्ष पोष्ट फायर हुने चान्सेस कम हुन्छ । पातपतिंगरहरु प्रशस्तै एकजर्ब गर्छ स्वायलले । पातपतिंगरहरु कुहिएर झर्ने धेरै सम्भावना हुन्छ ।

    त्यसले घटाउन सक्छ । र हामीले यो निरन्तर रुपमा पानी प्राप्त गर्न सकेनौ, वीन्टर ¥यानफल भएन पनि हिजो र अस्तीको वर्षाले योधेरै नै घटयो । अव हुने आगलागिलाई यसले घटाउँछ । अब यो पानीले त कुहाउने पनि भयो । यी क्लाईमेटमा भेरिएवलहरु हुन । कसरी टेम्प्रेचर बढी राखेका छ ।

    यस वर्षको फरेष्ट फायरको सम्भावना घटना घटन सक्छ भन्ने छ । कतै फायरिङको रिक्सजोन हुन्छ । कतै फायर जोनको रिस्क कम भयो पनि त्यसले बढी क्षति पु¥याउन पनि सक्छ ।'

    सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताउनु भयो ।