२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

मुख स्वास्थ्य सम्बन्धी बालबालिकालाई सचेतना

आइतवार , चैत्र ८, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • भैरहवा । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा रोटरी क्लब अफ भैरहवाद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको  छ । विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा रोटरी क्लब अफ भैरहवाले सिद्धार्थ बालगृह, भैरहवामा मुख स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । 

    क्लबका अध्यक्ष कमल कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रिस्टिन डेन्टल, भैरहवाको प्राविधिक सहयोग तथा रोटर्याक्ट क्लब अफ भैरहवाको सहकार्यमा सम्पन्न गरिएको क्लवका अध्यक्ष कमल कोईरालाले जानकारी दिनुभयो ।  

    कार्यक्रमका संयोजक डा. रविश मिश्रले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा असिस्टेन्ट गभर्नर रोटेरियन जितेन्द्रनाथ शर्मा, सिद्धार्थ बालगृहकी सञ्चालिका कृष्ण माया गुरुङ लगाएतले बोल्दै सामाजिक संघ सस्थाको सहयोगले बालगृह सञ्चालनमा केहि सहजता आएको बताउनु भयो । 

    प्रिस्टिन डेन्टलको मेडिकल टोलीले बालगृहका बालबालिकालाई लक्षित गर्दै सही तरिकाले दाँत माझ्ने विधि र प्रक्रियाका बिषयमा जानकारी दिनुका साथै व्यवहारिक रुपमा प्रदर्शन समेत गरेर सिकाउनु भएको थियो ।

    कार्यक्रमले सहभागी बालबालिका तथा उपस्थित सबैमा मुख स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको क्लवका सचिव सुमन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा आईपीपी, पूर्व अध्यक्षहरू, रोटेरियन सदस्यहरू, रोटर्याक्टरहरू साथै प्रिस्टिन डेन्टलका डा. आकृति श्रेष्ठ र उहाको टोलीको सहभागिता रहेको थियो ।