२०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल भोवेल काठमाडौंमा

आइतवार , चैत्र १, २०८२

  • 928
    Shares
  • 928
    Shares
  • काठमाडौं, १ चैत। अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्।

    नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूले केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका हुन्। भुटान हुँदै ‘ड्रुक एयर’को विमानबाट भ्रमण टोलीसहित उनी काठमाडौं आइपुगेका हुन्।

    अमेरिकी लेफ्टीनेन्ट जनरल पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमणमा पनि सहभागी हुने कार्यक्रम रहेको सहायकरथी बस्नेतले जानकारी दिए । 

    भोवेल फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन पश्चात नेपाल आउने सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी हुन् । यसअघि पनि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे। पापारो नेपाल आएका थिए।