२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

तिलोत्तमामा ग्यास अभावको गुनासोपछि अनुगमन

शुक्रवार , फाल्गुण २९, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • तिलोत्तमा, २९ फागुन । बजारमा खाना पकाउने एलपी ग्याँस अभाव भएको गुनासो आएपछि रुपन्देहीको तिलोत्तमा क्षेत्रमा सम्बन्धित निकायको उपस्थितिमा तिलोत्तमा नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ताले केही स्थानमा ग्याँस सहज रूपमा नपाएको, पसलमा लुकाएर राखेको तथा खरिद गर्न जाँदा नपाएको गुनासो गरेपछि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरी, नगरका कर्मचारी, तिलोत्तमा व्यापार संघ, उद्योग व्यापार संगठन तिलोत्तमा, तिलोत्तमा उद्योग वाणिज्य संघका प्रतिनिधि र नगर प्रहरीहरूले डिलर तथा विक्रेता र उद्योगमा गएर निरीक्षण गरेका हुन् ।

    सो अवसरमा बोल्दै नगर उपप्रमुख चौधरीले कृत्रिम ग्याँस अभाव गराउने जोकोहीलाई कारवाहीको दायरामा ल्याउने र त्यस्ता गतिविधि नगर्न आग्रह गर्नुभयो । उपभोक्ताले पनि घरमा चाहिने भन्दा बढी भण्डारण नगर्न आग्रह गर्दै उद्योगमा ग्याँस प्रयाप्त रहेको समेत उहाँले जानकारी दिनुभयो ।

    WhatsApp Image 2026-03-12 at 8.32.09 PM (1).jpeg

    अनुगमनमा राजस्व शाखा प्रमुख इन्द्रदत्त सापकोटा, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग व्यापार संगठन तिलोत्तमाका अध्यक्ष प्रेम जिएम, तिलोत्तमा व्यापार संघका प्रतिनिधिसँगै नगर प्रहरीहरुको उपस्थिति थियो ।

    तिलोत्तमामा सञ्चालित ग्यास उद्योग सिद्धार्थ ग्याँसका व्यवस्थापक लक्ष्मण पाण्डे अनुसार बजारमा ग्यासको आपूर्ति सामान्य अवस्थामा रहेको र आत्तिहाल्नुपर्ने अवस्था छैन । त्यस्तै स्वस्तिक ग्यास उद्योगका व्यवस्थापकले ग्याँस पर्याप्त आयात भइरहेको र वितरण प्रक्रियामा देखिएको अस्थायी समस्या वा उपभोक्ताले हाउगुजीमा लागेर घर तथा पसलमा बढी भण्डारण गर्दा अभाव जस्तो देखिएको हुन सक्ने बताउनुभयो ।

    अनुगमन टोलीले विक्रेतालाई उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ । साथै कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर राख्ने वा कालोबजारी गर्ने पाइएमा कानूनी कारवाही गरिने चेतावनी पनि दिइएको छ । 

    उपभोक्तालाई भने आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न र नियमित वितरण प्रक्रियामा सहयोग गर्न आग्रह गरिएको छ । तिलोत्तमाका गुनासो आएका करिब पाँचवटा पसलमा अनुगमन गर्दा त्यस्तो गतिविधि नदेखिएको आर्थिक विकास शाखा प्रमुख मुक्ति खनालले बताउनुभयो ,