२०८२, फाल्गुण २९ गते

Mar 13 2026 | २०८२, फाल्गुण २९ गते

सन शाइनले मनायो ४५ औं वार्षिक उत्सव, सांसद् बनिया सम्मानित

शुक्रवार , फाल्गुण २९, २०८२

  • 295
    Shares
  • 295
    Shares
  • भैरहवा, २९ फागुन । सन शाइन आवासीय माध्यमिक विद्यालय लुम्बिनीरोड भैरहवा, रुपन्देहीले आफ्नो ४५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय परिसरमा बिहीबार र शुक्रबार विशेष समारोहको आयोजना गरी वार्षिक उत्सव मनाइएको हो ।

    बिहीबार आयोजित कार्यक्रममा फागुन २१ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियालाई सम्मान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका बनियालाई वार्षिक उत्सव समारोहमा सम्मान गरिएको हो ।

    सो अवसरमा बोल्नुहुँदै सांसद् बनियाले जेनजी पुस्ताको माग सम्बोधनका लागि आफ्नोतर्फबाट गर्नुपर्ने भूमिका इमान्दारीपूर्वक निर्वाह गर्ने बताउनुभयो । उनले भन्नुभयो, ‘मैले जुन विद्यालयमा अध्ययन गरे त्यही विद्यालयमा अतिथिको रुपमा बोल्न पाएको छु । विद्यालयमा प्रवेश गर्दा मलाई आफ्नो बाल्यकालको याद आयो । म भावुक भएँ । गुरुवर्गहरुले मिहिनेत र संघर्षका साथ अघि बढ्न सिकाउनुभयो । बाटो देखाउनुभयो । आज त्यही बाटोमा हिंडिरहेका छौं ।’

    त्यस्तै शुक्रबार आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले शिक्षा क्षेत्रको विकासमा सन शाईन आवासीय माध्यमिक विद्यालयले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

    WhatsApp Image 2026-03-13 at 10.40.14 AM (1).jpeg

    सन शाईन आवासीय माविका अध्यक्ष डा. ज्ञानदेव हटुवालको अध्यक्षता, प्राचार्य निकेश देव हटुवालको स्वागत तथा विद्यार्थीद्वय संध्या घर्ती मगर र साक्षी भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय भैरहवाको क्षेत्रीय प्रमुख शान्ति सुवेदी, विद्यालयका अभिभावक नलिन न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुति रहेको थियो । 

    IMG_6714.JPG