२०८२, फाल्गुण २१ गते

Mar 05 2026 | २०८२, फाल्गुण २१ गते

रुपन्देहीमा ६१ प्रतिशत बढी मत खसेको प्रारम्भिक अनुमान

बिहिवार , फाल्गुण २१, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • भैरहवा, २१ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देहीमा बिहीबार भएको मतदानमा प्रारम्भिक अनुमान अनुसार ६१ प्रतिशत बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन र शिलबन्दी गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

    अहिले पूरै तथ्यांक प्राप्त भइ नसकेको र प्रारम्भिक जानकारी अनुसार रुपन्देहीमा ६१ प्रतिशत बढी मत खसेको उहाँले बताउनुभयो । मतपेटिका प्राप्त गरिसकेपछि यथार्थ विवरण सम्प्रेषण गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

    मतगणनाका सन्दर्भमा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा मतगणनास्थल तोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मतपेटिका प्राप्त भइसकेपछि सर्वदलीय बैठकको प्रस्ताव अनुसार आज राती वा भोली बिहानदेखि मतगणना सुरु हुनेछ ।

    रुपन्देहीमा प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र छन् । यो जिल्लामा ३ लाख ४६ हजार २ सय ३ पुरुष, ३ लाख २६ हजार ३ सय ११ महिला र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेका छन् ।