२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

रुपन्देही–३ : जसपा नेपालले कुनै पनि दललाई समर्थन नगर्ने

सोमवार , फाल्गुण १८, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा), नेपालले रुपन्देही क्षेत्र नम्बर ३ मा कुनै पनि राजनीतिक दललाई समर्थन तथा तालमेल नगरेको जनाएको छ । पार्टीबाट यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका श्रीनिवास यादव गत फागुन ४ गते आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । जसपा नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका यादवले पार्टी परित्याग गरी एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई समर्थन गर्ने घोषणा गर्नुभएको थियो ।

    कुनै व्यक्तिले कसैलाई समर्थन गर्दैमा त्यो समग्र पार्टीले समर्थन गरेको नमानिने जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले बताउनुभयो । ‘फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई एकढिक्का राख्न सम्पूर्ण कार्यकर्ता तथा शुभचिन्तकहरुलाई समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणाली अन्तर्गत चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न सूचित गरिन्छ’ जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्षद्वय सियाराम यादव र रवि कुमार रौनियारद्वारा सोमबार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।