२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

स्थलगत रिपाेर्ट - रुपन्देही एकमा राप्रपाका प्रज्जवल बोहरा अग्र स्थानमा

सोमवार , फाल्गुण १८, २०८२

  • 475
    Shares
  • 475
    Shares
  • बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ आउन अब केहि दिन मात्र बाँकि छ । निर्वाचन नजिकदै गर्दा चोक देखि टोल हुदैं चिया पसलमा अहिले चुनावी गफ बाक्लिन थालेका छन् । 
    दल तथा तीनका उम्मेदवारहरु प्रचार प्रसारको अन्तिम कसरतमा रहेका छन् । सबैजसो राजनीतिक दलका उम्मेदवारहरु आ आफ्‌नो चुनावी एजेण्डा लिएर जनतासंग मत माग्न व्यस्त रहेका छन् । 
    चुनावको माहोल बुझ्‌ने क्रममा खवरपात्रोको टिम रुपन्देही क्षेत्र नम्बर एकका बिभिन्न पालिकाका टोल तथा चोकहरुमा पुग्दा मतदातामा चुनावको निकै उत्साह बढेको पाईएको छ ।

    हामी रुपन्देहीको क्षेत्र नम्बर एकमा पर्ने देवदह नगरपालिका १ बिर्तामा पुग्दा युवाहरुको एउटा जमात चुनावी छलफलमा व्यस्त रहेको थियो । उनीहरुवीच चुनावमा कस्ता उम्मेदवारलाई भोट दिदा भोट खेर जान्न भन्ने बिषयमा गफ चलिरहेको थियो । त्यसैक्रममा हामीले त्यहाँ उपस्थित एक जना जामिर अलि जोलाहासंग रुपन्देही एकको चुनावी सामान्य अंकगणितबारे बुझ्यौं ।

    सो क्रममा उहाँले भन्नुभयो‘ यहाँका अधिकांश युवाहरु बिकासप्रेमी र युवा उम्मेदवारलाई चुनावमा जिताउने पक्षमा देखिएका छन्, अर्को तर्फ राष्ट्र र राष्ट्रियताका बिषयमा आवाज उठाउदै आएको र जेनजी युवाहरुको भावना बुझ्‌ने व्यक्तिलाई जिताउने बिषयमा बहष चलिरहेको छ ।’

    जोलाहले पहिला देखि नै सुशासन र भ्रष्ट्रचारको बिरोध गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र उक्त पार्टीले उठाएको उम्मेदवार प्रज्जवल बोहरालाई मतदान गर्ने बताउनु भयो । उहाँका अनुसार रुपन्देही एकमा प्रज्जवल बोहरा सबै भन्दा अगाडि रहनु भएको छ ।

    ‘यसपाली हामीले योग्य उम्मेदवारलाई मतदान गर्ने सोच बनाएका छौं, उहाँले भन्नुभयो९ बिगतमा क्षेत्रको बिकासमा योगदान पुर्‍याउनु भएका स्वर्गिय दीपक बोहराको बिरासत जोगाउन आउनु भएका प्रज्जवलाई मत दिएर संसदमा पुर्‍याउन खोजेका छौं ।’

    रुपन्देही एकमा स्वर्गिय दिपक बोहराले बिभिन्न स्थानमा बस्ती बसाउने देखि सडक पुर्वाधार र बिद्युतिकरण देखि सिचाईमा बिशेष योगदान पुर्‍याएको रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ मधवलियाका कृष्णप्रसाद घिमिरेको भनाई छ । उहाँका अनुसार स्वर्गिय बोहराले शिक्षा क्षेत्रमा पनि सम्झना लायक योगदान पुर्‍याउनु भएको थियो, अहिलेपनि यो क्षेत्रका मतदाताले उहाँलाई सम्झिएका छन् । उहाँको छोरा उम्मेदवार बनेको खबरले खुसी तुल्याएको छ, बाँकी रहेका काम पुरा गर्नु हुनेछ ।’

    त्यस्तै देवदहकै रिनुकुमारी केवटले पनि यस पटक राप्रपालाई कसैले पनि रोक्न नसक्ने बताउनु भयो । राप्रपाले उठाएका चुनावी एजेण्डा, जनतासंग भिज्ने उम्मेदवार भएकाले उहाँले चुनाव जित्नेमा कुनै शंका नरहेको बताउनु भयो ।

    निर्वाचन आउदै गर्दा रुपन्देही एकका मतदाताले समग्र जिल्लामा सन्तुलित विकासको काम गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता स्व।बोहराको योगदान अविस्मणीय रहेको बताउँछन् ।
    बाबुको ‘लिगेसी’ लिएर उम्मेदवार बनेका प्रज्वललाई दीपक बोहराले जस्तै विकासको काम गर्न आग्रह गर्दै मतदान गर्ने देवदह ५ की दिलमाया गुरुङले आफुहरु बसेको बस्ती बसाउने तथा बिकासको मुल फुटाउने स्व। दीपक बोहराको सुपुत्र प्रज्जवललाई भोट दिन्छौं । उहाँले जनताको मन बुझ्‌ने नेताको रुपमा प्रज्जवल बोहराले आफुलाई स्थापित गरेको बताउनु भयो । 
    रुपन्देहीका देवदह र तिलोत्तमा नगरपालिका सहित ओमसतिया र रोहिणी गाउँपालिकाका मतदाताले बिकासप्रेमी युवा नेतालाई मतदान गर्ने बताएका छन् । 
    देवदह नगरपालिका बडा नम्बर १ विर्ताका जामिरअलि जोलाहाले रुपन्देही एकमा राप्रपाका युवा नेता प्रज्जवल बोहराले चुनाव जित्ने बताउनु भयो ।

    रोहिणी गाउँपालिका ३ का नारायण चौधरीले जेन जि पुस्ताको आन्दोलन पश्चात हुन लागेको निर्वाचनमा मतदाताले युवा उम्मेदवारको खोजि गरेको बताउनु भयो । अहिलेको निर्वाचन बिषम परिस्थीतिमा सम्पन्न हुन गईरहेकाले ३५ बर्ष केहि गर्न नसकेका ठुला दल र त्यसका उम्मेदवार तथा कुनै भिजन नभएका तर आफुलाई नयाँ भन्ने दलका उम्मेदवारलाई मतदान गर्न सकिदैन्, उहाँले भन्नुभयो सुशासन र भ्रष्टाचार नियन्त्रणका पक्षमा काम गर्नेलाई भोट दिन्छौं ।

    नेपालको राष्ट्रियता, सनातन हिन्दू धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तालाई मौलिक पहिचान हस्तान्तरण गर्ने, भ्रष्टाचारमुक्त समाज र सुशासनको पक्षमा निरन्तर काम गदै आएको पार्टी राप्रपाका उम्मेदवार प्रज्जवल बोहरालाई हामीले सहयोग गर्छौ । चौधरीका अनुसार रुपन्देही एकमा राप्रपाको जित सुनिश्चित रहेको बताउनु भयो ।

    रोहणी–३ धकधईका रवि चौधरीले नागरिक उन्मुक्ति पार्टी नेता धनिराम चौधरीले राप्रपामा प्रवेशले माहोल धेरै राम्रो भएको बताउनु भयो । धनिरामको प्रवेशले राप्रपा उत्साहित भएको छ । ‘धनिरामको प्रवेशले जनलहर बढेको छ, रवि चौधरीले भन्नुभयो९ ‘जित निश्चित बनेको छ।’

    रुपन्देही एकमा आम निर्वाचन २०७९ मा नागरिक उन्मुत्ति पार्टीबाट १३ हजार ९९२ मत ल्याउनु भएका धनिराम चौधरीलाई राप्रपाले भित्राएको हो । उक्त क्षेत्रमा झण्डै १३र१४ हजार थारु समुदायका मतदाता रहेको धनिराम चौधरीले उल्लेख गर्नुभयो । उहाँले १४ हजार मतदाता मध्ये ८ हजार बढी मत अहिले पनि राप्रपामा ल्याउने चौधरीको दावी छ । चौधरीले क्षेत्र नम्बर एकका सबै समुदायका मतदातासहित थारु समुदायका मतदाताले राप्रपालाई चुनाव जिताउने गरी फागुन २१ गते कुरेर बसेको बताउनु भयो ।

    देवदह–६ का रिखीराम रेग्मीले धर्म संस्कृतिको रक्षा गर्दै समग्र क्षेत्रको विकासको लागि प्रज्वललाई जिताउनुपर्ने बताउनु पर्ने बताउनु भयो । ‘हामी नेता बहकिदा ८१ प्रतिशत हिन्दू धर्मालम्बी रहेको देश धर्म निरपेक्ष बनाइयो’ उहाँले भन्नभयो, ‘देशलाई हिन्दू राज्य बनाउदै समग्र क्षेत्रको लागि प्रज्वलबाबुलाई जिताउनुपर्छ ।’

    तिलोत्तमा–१७ का लक्ष्मण परियारले दीपक बोहोराको योगदानको कदरका लागि पनि प्रज्वललाई जिताउन आवश्यक रहेको बताउनु भयो । ‘पञ्चायतकालदेखि नै बोहराले रुपन्देहीको ग्रामीण क्षेत्रमा विकास गर्नुभएको हो’ उहाँ भन्नुहुन्छ, रुपन्देहीबाट धेरै नेता निर्वाचित भए, तर बोहराको तुलना गर्ने काम गर्न सकेनन ।’

    रोहिणी ३ की किस्मती ठाकुरले पनि राप्रपा उम्मेदवार प्रज्जवललाई मत दिने बताउनु भयो । रोहिणीमा जे जति बिकास भएको छ, त्यो राप्रपाको योगदानका कारण बिकास भएको हो, त्यस कारणले गर्दा हामीले बिकासप्रेमि पार्टीलाई भोट दिन्छौं, उहाँले भन्नुभयो ।

    रोहिणका मुस्लिम अगुवा मैनुद्धिन खाँनले हिन्दु, मुस्लिम सबै जातिजातिका साझा उम्मेदवार प्रज्जवलाई हिन्दु, मुस्लिम सबैले मतदान गर्ने बताउनु भयो । ‘हाम्रो सुख दुःखमा सहयोग गर्ने, भेटघाट गर्ने, अप्ठ्यारोमा पर्दा काम गर्ने नेता भनेको प्रज्जव बोहरा नै हो, त्यसकारण हामीले हलोमा मत मालेर उहाँलाई निताउछौं ।’

    राप्रपाले रुपन्देही–१ लाई आफ्नो आधार क्षेत्रका रूपमा लिँदै आएको छ । स्थानीय तह निर्वाचनमा रोहिणी गाउँपालिकामा उपाध्यक्षसहित चार वडामा राप्रपा विजयी भएको थियो । देवदह नगरपालिका वडा नम्बर–११ मा वडाअध्यक्षसहित सबै पदमा राप्रपा विजयी भएको थियो । यही क्षेत्रबाट राप्रपाले प्रदेश सांसद पनि जितेको छ ।

    २०७९ को प्रतिनिधिसभाको समानुपातिकतर्फ राप्रपाले रुपन्देही–१ मा ११ हजार २ सय ४३ मत प्राप्त गरेको थियो । दिवंगत दीपक बोहोराले गत निर्वाचनमा रुपन्देही–३ बाट बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।