२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

रुपन्देही–२ मा कसैलाई समर्थन गर्ने निर्णय भएको छैन : राप्रपा

सोमवार , फाल्गुण १८, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, १८ फागुन । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली काँग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरुमा कुनै सत्यता नरहेको जनाएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताउनुभएको हो ।

    राप्रपाले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कसैसँग तालमले वा समर्थन गर्ने नीति नलिएको उहाँले बताउनुभयो । ‘पार्टीको नीतिविपरीत यस्ता कार्यमा संलग्न हुने कुरा अनुशासनको विषय हुन्छ, उहाँले भन्नुभयो–‘प्राविधिक रुपमा राप्रपाको उम्मेदवार खाली हुन गएको त्यस क्षेत्रमा समानुपातिकतर्फको मात्र जुटाउन पार्टी पंक्ति र मतदातालाई रापपा अनुरोध गर्दछ ।’

    राप्रपाले पार्टीको रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष राम बहादुर थापालाई कारवाही गरेको छ । पार्टीको नीति तथा हितविपरीत व्यक्तिगत रुपमा आर्थिक प्रलोभनमा परी काँग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि थापालाई कारवाही गरिएको राप्रपा रुपन्देहीका जिल्ला सभापति सागर प्रताप राणाले बताउनुभयो । आर्थिक प्रलोभनमा परेर थापाले काँग्रेसका उम्मेदवार चन्नु प्रसाद पौडेललाई समर्थन गरेको जिल्ला सभापति राणाको आरोप छ ।

    राप्रपाले रुपन्देही–२ मा कार्भिका थापालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारीका लागि टिकट दिएको थियो । थापाले अमेरिकाको पीआर त्यागेको तीन महिना नपुगेकाले उम्मेदवारी कायम भएन ।