२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

जनता अब बाठो भइसके, विकास गर्नेलाई रोज्छन् : अध्यक्ष ओली

सोमवार , फाल्गुण १८, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • झापा, १८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गर्नुभएको छ । 

    झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताउनुभएको हो ।

    उहाँले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गर्नुभयो । देश बचाउने र विकास गर्ने शक्तिलाई अत्याधिक मतले जिताउन आग्रह गर्नुभयो । ओलीले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै विकासको यो गतिलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘ अहिले कस्तो चलेको छ भने एउटा आकाशे हल्ला छ । एक दुई जना जनता अलिकति अल्मलिन्छ, अलिकति भ्रममा पर्छ । कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ । जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन । त्यत्तिको बुझ्ने भइसक्या छ ।

    जनता कसले विकास गर्छ, कसले आगो लाउँछ कसले देश बचाउँछ, कसले देश जलाउँछ यो कुरा थाहा पाइसकेको छ जनताले । त्यसर्थ देश जलाउनेलाई होइन देश बचाउनेलाई देश जलाउनेलाई होइन देशको विकास गर्नेलाई यस पल्टको निर्वाचनमा अझ बढी मतले जिताउनुपर्ने आवश्यकता परेको छ । हामी त्यस कुरामा सचेत छौँ भन्ने मैले ठानेको छु, मैले विश्वास गरेको छु ।’

    अध्यक्ष ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्नेकुराको फैसला गर्ने बेला आएको बताउनु भयो ।