सोमवार , फाल्गुण १८, २०८२
भैरहवा, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष राम बहादुर थापालाई कारवाही गरेको छ । पार्टीको नीति तथा हितविपरीत व्यक्तिगत रुपमा आर्थिक प्रलोभनमा परी नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि थापालाई कारवाही गरिएको राप्रपा रुपन्देहीका जिल्ला सभापति सागर प्रताप राणाले बताउनुभयो ।
थापाको क्रियाकलाप अत्यन्तै दुःखद र निन्दनीय भएको र उहाँले पार्टीको नीति तथा निर्देशनको विपरीत गएर व्यक्तिगत सम्झौता गरी पार्टीलाई हानी नोक्सानी गराउने काम गरेको हुँदा पार्टीबाट निलम्बन गरिएको राणाले जानकारी दिनुभयो ।
आर्थिक प्रलोभनमा परेर थापाले कांग्रेसका उम्मेदवार चन्नु प्रसाद पौडेललाई समर्थन गरेको राप्रपाले आरोप लगाएको छ ।
राप्रपाले रुपन्देही–२ मा कार्भिका थापालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारीका लागि टिकट दिएको थियो । थापाले अमेरिकाको पीआर त्यागेको तीन महिना नपुगेकाले उम्मेदवारी कायम भएन ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij