२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

समानुुपातिक उम्मेदवार झिनक हरिजन एमालेमा प्रवेश

आइतवार , फाल्गुण १७, २०८२

  • 850
    Shares
  • 850
    Shares
  • भैरहवा, १७ फागुन । नेपाल संघीय समाजवादी पार्टीकोतर्फबाट प्रतिनिधि सभा सदस्यका  समानुुपातिक उम्मेदवार रहेका झिनक राज हरिजन नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
    रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत मर्चवारमा आइतबार आयोजित एक कार्यक्रमकाबीच एमालेका केन्द्रीय सचिव छबिलाल विश्वकर्माले हरिजनलाई माला लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो।

    पार्टी प्रवेशपछि हरिजनले भन्नुभयो–‘विकासको लागि एमाले आवश्यक भएको निष्कर्ष निकालेर पार्टी प्रवेश गर्ने निर्णय गरेको हुुँ ।’ सो अवसरमा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री विश्वकर्माले विकास र समृद्धिको बाहक एमालेको मर्चवारमा विजयी सुुनिश्चिता बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो–मर्चवारको सामाजिक र भौतिक विकासको लागि फागुुन २१ हुने निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ का मतदाताले सुुर्य चिन्हमा मतदान गर्नेछन् ।’ पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीकोतर्फबाट रुपन्देहीको हरिजन उम्मेदवार रहनुभएको थियो ।

    उक्त कार्यक्रममा एमाले पूर्व केन्द्रिय सदस्य एकराज विश्वकर्मा, जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपाध्यक्ष हितराज पन्थी, उपसचिव सुनिता ठटेर, पार्टीकातर्फबाट रुपन्देही–४ मा उम्मेदवार रहेका प्रमोद कुमार यादव, जितेन्द्रनाथ शुक्ला (बब्लु), सनोज कुुमार यादव लगायत उपस्थित रहनुभएको थियो ।

    हरिजनलाई पार्टी प्रवेश गराएपछि मायादेवीको मकरीदेखि समरीसम्म हजारौ मोटरसाईकलको सहभागीतामा चुुनावी सन्देश र्याली निकालिएको थियो । उक्त र्याली मकरीदेखि, तुनिहवा, मझगावा, कोटहीमाई मन्दिर, मर्चवारी मन्दिर, बगौली, करौता, थुुमहवा, रोहिनिहवा, असुरैना, दुुईमुुहान, अमवा, पिपरहवा हुँदै करौतासम्म पुुगेको हो ।

    चुुनावी सन्देश र्यालीमा युवाहरुको उल्लेख्य सहभागीता थियो । उक्त सन्देश र्यालीले मर्चवारका जनतालाई निर्वाचनप्रति थप सकारात्मक बनाएको एमाले पार्टीका तर्फबाट उम्मेदवार रहेका प्रमोद कुुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो–‘स्वतस्फूर्त रुपमा युवाहरु सहभागी भई चुुनाबी सन्देश र्यालीमा सहभागी भएका छन् । यसले मर्चवार क्षेत्रमा चुनावलाई शान्तिपूर्ण रुपमा सफल पार्न सहयोग गर्नेछ ।’