२०८२, फाल्गुण १७ गते

Mar 01 2026 | २०८२, फाल्गुण १७ गते

घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै

आइतवार , फाल्गुण १७, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • काठमाडौं, १७ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आईतवार (आज)देखि सकिँदैछ ।

    निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकाहरुमार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदाता शिक्षा प्रभावकारी रहेको बताउनु भयो । आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामा नै मतदाता शिक्षा दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो ‘मतदाता शिक्षा र सूचना संप्रेषणलाई चुस्त दुरुस्त बनाउन हामीले सूचना संप्रेषण समन्वय केन्द्र स्थापना गरेका छौँ । सूचना सदाचार केन्द्र, प्रेस अफिस र मतदाता शिक्षा जस्ता निकायले मतदाता शिक्षाका लागि आवश्यक सामग्री निर्माण तथा सूचना संप्रेषण गर्ने गर्दछ । यही फागुन ३ गतेदेखि १७ गते सम्म स्वयंसेविका महिलाले घरदैलोमा गएर मतदाता शिक्षा दिइरहनुभएको छ ।

    उहाँहरुले विभिन्न स्थानीय मातृभाषामा पनि मतदाता शिक्षा दिनुभएको छ । घरघरमा मतदाता शिक्षा पुगेको छ । यसकारण पनि अहिले मतदाता शिक्षा प्रभावकारी भएकोमा आयोग विश्वस्त छ ।’

    आयोगले मतदाता शिक्षाको प्रभावकारीता अनुगमनका लागि ७ सय ५३ वटै स्थानीय तहमा अनुगमनकर्ताहरू खटाएको थियो ।