२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

कुनै राजनीतिक दलसँग चुनावी तालमेल गरेका छैनौं : राजेन्द्र लिङ्देन

शनिवार , फाल्गुण १६, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • झापा, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरी चूनावमा होमिएको स्पष्ट पार्नुभएको छ । शनिबार झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरुसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पार्नुभएको हो । 

    उहाँले राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको दावी गर्नुभयो । उहाँले देश र जनता जोगाउने हो भने यो व्यवस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने दावी गर्नुभयो । 

    लिङ्देनले राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताउनुभयो ।  अध्यक्ष लिङ्देनले सिंहदरबार जलाउने र सिंहदरबार जोगाउन नसक्नेको बीचमा राप्रपा बेग्लै पहिचान बोकेर अगाडि बढेको उल्लेख गर्नुभयो । राप्रपालाई बहुमत नदिए देश नै नरहने जिकिर गर्दै उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा बहुमत दिन आम मतदातालाई अपील समेत गर्नुभयो ।

    अहिले देशमा दुइखाले अतिवाद हावी भइरहेको अवस्थामा देशलाई स्थिर र समन्वयकारी शक्तिको खाँचो रहेको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले आगामी संसदमा बलियो राप्रपा चाहिने हुँदा सोच विचार गरेर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।