२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

सेवाको पदले प्रतीक्षा गर्दैन, यो जिम्मेवारीको भावना हो : गौरव बोहरा

शनिवार , फाल्गुण १६, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • भैरहवा, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले सेवाको पदले प्रतीक्षा नगर्ने र यो जिम्मेवारीको भावना भएको बताउनुभएको छ ।

    शनिबार बुटवल उपमहानगरपालिका १४, १५, १६, १७, १८ र १९ मा घरदैलो कार्यक्रमका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘मेरो परिवारले सार्वजनिक जीवनलाई नजिकबाट देखेको छ । स्वर्गीय पिता दीपक बोहराको योगदान रुपन्देहीबासीलाई अवगत नै छ । तर, म यहाँ केवल त्यो इतिहासका कारण होइन । आफ्नो यात्राको आधारमा जिम्मेवारी लिएर चुनावी मैदानमा उभिएको छु । मैले आफ्नो जीवन पेशागत अनुशासन, जिम्मेवारी र सेवाको भावनासँग बिताए । आफ्नो काममार्फत आम नागरिकहरुलाई सहयोग गर्ने, समस्या सुन्ने र सकेसम्म समाधान खोज्नेतर्फ धेरै पहिलादेखि नै लागिरहेको थिए, ’उहाँले भन्नुभयो ।

    1000200648.jpg.jpeg

    विगतदेखि नै नागरिकको भावलाई अंगाल्दै आउँदै गर्दा आज त्यही अनुभव, जिम्मेवारीबोध र आफ्नो जन्मभूमि रुपन्देही क्षेत्र नम्बर ३, को सेवामा समर्पित गर्न चाहेको बोहराले बताउनुभयो । 
    भैरहवालाई अन्तर्राष्ट्रिय पर्यटन बजारका रुपमा विकास गर्नु नारा नभइ सम्भावना भएको उहाँले बताउनुभयो । जसका लागि स्पष्ट नीति, व्यवस्थित पूर्वाधार र जिम्मेवार कार्यान्वयन आवश्यक रहेको बोहराले बताउनुभयो ।