२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

परिवर्तनको अभियानमा साथ दिनुहोस् : विश्वदीप पाण्डे

शनिवार , फाल्गुण १६, २०८२

  • 733
    Shares
  • 733
    Shares
  • बुटवल, १६ फागुन । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे ‘सुवास’ले शुक्रबार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताउनुभएको छ । सयांै नेता–कार्यकर्ताको सहभागीतामा बुटवल क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट गर्दै उहाँले सुशासन, विकास र समृद्धिका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    मोटरसाईकल र्यालीसहित वस्तीका विभिन्न चोकमा पुगेर मतदातासँग मत माग्दै रुपन्देही क्षेत्र नम्बर २ मा तारा चुनाव चिन्हका उम्मेदवार विश्वदीपले मतदाताको विश्वास, समर्थन र मतदानले मात्रै आफूहरुले आवश्यक जिम्मेवारी पूरा गर्न सक्ने बताउनुभयो । ‘घरदैलो अभियान अन्तिम चरणमा पुगे पनि तपाईंहरूको दुःख–सुखमा साथ रहने हाम्रो प्रतिबद्धता भने अब सुरु हुँदैछ ।’–उहाँले भन्नुभयो–‘यसपटक तारा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई मतदान गर्नुहोस्, हामी सदनबाट तपाईंका आवाज, समस्या र अपेक्षासँग प्रत्यक्ष जोडिनेछौं ।’

    निरन्तर घरदैलोमा रहुनभएका नेकपाका नेता–कार्यकर्ताले शुक्रबार (आज) बुटवल क्षेत्रका वडा नम्बर ३, ४, ५ र ६ का टोल–टोल र वस्तीमा पुग्दै भोट मागेका छन् । उम्मेदवार घरदैलोमा पुग्न नसकेका ठाउँमा स्थानीय कार्यकर्ताले मतदाताको घरमा पुगेर आफ्ना उम्मेदवारको पक्षमा सहयोग मागेका छन् ।

     

    झण्डा, माईक, ब्यानर र प्रतिवद्धतापत्रसहित मतदाताका टोल–टोल र घरघरमा पुगेर चुनावी एजेण्डा प्रस्तुत गर्ने गरिएको निर्वाचन परिचालन समितिका संयोजक नारायण जि.सी. ‘निर्मल’ ले बताउनुभयो ।

    उहाँका अनुसार उम्मेदवारसहितको घरदैलो निर्वाचन आचारसंहिताले तोकेको समय सीमासम्म जारी रहनेछ । संयोजक जि.सी.ले प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको बताउनुभयो । पछिल्लो समय मतदातामा देखिएको उत्साह र सहयोगको वचनवद्धताले आफूहरु निकै उत्साहित भएको उहाँले उल्लेख गर्नुभयो ।