२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

देश काँग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍यो : बालेन्द्र साह

शुक्रवार , फाल्गुण १५, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • चितवन, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गर्नुभएको छ । 

    शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता साहले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै उहाँले नेपाली काँग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टि चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेन पावर पनि छ, खानि पनि छ । तर बन्द । अब चल्नुप¥यो । नेपाली काँग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुप¥यो अब त्यो पनि । पूरै देशभरी चल्नुप¥यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी ।’

    उहाँले पार्टी सभापति नै यहीबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनबासीलाई आग्रह गर्नुभयो ।