२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

मुलुकको विकासका लागि एमालेले जित्नुपर्छ : बासुदेव घिमिरे

शुक्रवार , फाल्गुण १५, २०८२

  • 274
    Shares
  • 274
    Shares
  • भैरहवा, १५ फागुन । नेकपा (एमाले) बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले रुपन्देही–३ र समग्र मुलुकको विकासका लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

    लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल सिद्धार्थनगर नगर कमिटीले भैरहवामा आयोजना गरेको निर्वाचन केन्द्रीत भेलामा बोल्नुहुँदै घिमिरेले यस्तो बताउनुभएको हो ।
    एमालेले सञ्चालन गरेका राष्ट्रियतासँग जोडिएका र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आदिवासी जनजातिको उल्लेखनीय सहभागीता रहेको उहाँले बताउनुभयो । ‘यहाँहरुले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको छ, त्यहाँहरुको नेतृत्वदायी भूमिकालाई हार्दिक सम्मान गर्दछु, ’उहाँले भन्नुभयो । एमालेले समावेशी चरित्रको लोकतान्त्रिक गणतन्त्र निर्माणको लागि भूमिका खेलेको घिमिरेले उहाँले बताउनुभयो । 

    शहरी र ग्रामीण क्षेत्रका माग फरकफरक रहेको उहाँले बताउनुभयो । किसानका माग समयमै मलखाद र सिचाईको व्यवस्था र उत्पादनको उचित मूल्य पाउनुपर्ने रहेको घिमिरेले बताउनुभयो । नीतिगत ढंगले मलखादको समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो ।  ‘विगतमा पनि सरकारले थोरै सम्बोधन गरेको थियो । यहाँहरुले जिताएपछि किसानका समस्याको समाधान गर्न नेतृत्व गर्छु, उहाँले भन्नुभयो–‘भ्रष्टाचारमुक्त, सुशासनयुक्त र सन्तुलित विकास हुने राष्ट्रको रुपमा स्थापित गर्नका लागि कानून निर्माण र भएको कानूनको सही कार्यान्यवन गर्न नेतृत्व गर्नेछु ।’ पाँच वर्ष स्थायी सरकार सञ्चालन गर्न पाइए धेरै काम गर्न सक्ने इच्छाशक्ति रहेको उहाँको भनाइ छ ।

    ssssnnn.jpg

    भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले विमानस्थल सञ्चालनका लागि विगतमा पनि पहल गरेको र निर्वाचन जितेपछि यो विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नका लागि भरपूर प्रत्यन मात्र नभइ विमानस्थल चलाइने उहाँको भनाइ छ ।

    त्यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालका केन्द्रीय सदस्य उमेश थापा लाटोमगरले एमालेले आदिवासी जनजातिको हकहितका लागि महत्वपूर्ण कार्य गरेको बताउनुभयो । महासंघको रुपन्देही जिल्ला अध्यक्ष सोहन प्रसाद थारुले एमालेले मात्रै मुलुकलाई निकास दिन सक्ने दावी गर्नुभयो ।

    महासंघको सिद्धार्थनगर कमिटी कार्यबाहक अध्यक्ष गुमान सिंह सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।