बिहिवार , फाल्गुण १४, २०८२
भैरहवा, १४ फागुन । रुपन्देही क्षेत्र नम्बर ४ मा राजनीतिप्रति चासो दिनेहरुको लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देही क्षेत्र नम्बर ४ ले धेरैको ध्यान तानिरहेको छ । अधिकांश ग्रामीण क्षेत्र रहेको उक्त क्षेत्रलाई धेरैले मर्चवार भनेर पनि चिन्छन् । तर, उक्त क्षेत्रमा मर्चवार अतिरिक्त सियारी, मायादेवी र लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडा पनि पर्छन् ।
सो क्षेत्रमा यतिबेला विभिन्न पार्टी र स्वतन्त्र गरी २२ जना उम्मेदवारहरुले उम्मेदवारी दिइ चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । १ लाख १६ हजार १ सय ७२ जना मतदाता रहेको उक्त क्षेत्रमा मतदानको मिति ७ दिन बाँकी रहदा मतदातासँग उम्मेदवारहरुले प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।
बुुधबार मात्रै नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रमोद कुमार यादवले करिब पाँचसय भन्दा बढी मोटरसाईकलसहित क्षेत्रको उत्तर भागमा शक्ति प्रदर्शन गरेका थिए । कम्हरिया, शुक्रौली, छपिया, ओर्लहवा, तिलौरी, गुरवनिया हुँदै युवाहरुले मोटरसाईकल र्याली गरेका थिए । उनीहरुले क्षेत्रको विकास र नीति निर्माणको लागि अनुुभवि नेता यादवलाई जिताउन भन्दै नाराबाजी समेत गरेका थिए । गत सोमबार पनि एमालेले मर्चवारमा सयौंको संख्यामा मोटरसाईकल र्याली निकालेको थियो ।
सोही क्रममा सियारी गाउँपालिका–४ छपिया चोकमा भेटिनुभएका नन्दलाल यादवले रुपन्देही क्षेत्र नम्बर ४ मा प्रमोद कुमार यादवको पक्षमा जनलहर बढेको बताउनुभयो । सियारी गाउँपालिका–४ का स्थानीय बासिन्दा समेत रहुनभएका यादवले सियारी क्षेत्रमा एमालेको पक्षमा मतदान गर्ने मतदाताहरु धेरै रहेको बताउनुभयो । नन्दलाल यादव जस्तै सोही वडाका सन्तरामले पनि नन्दलालको भनाइप्रति सही थप्दै छपिया क्षेत्रमा एमालेको पकड रहेको बताउनुभयो ।
सियारी–४ का मोहम्मद पठानले एमालेको पक्षमा जनलहर रहेको बताउनुभयो । उहाँले पार्टी भन्दा पनि व्यक्ति हेरेर धेरैले मतदान गर्ने बताउनुभयो । कोटहीमाईका रामकुुमारले मर्चवारका जनताले २०७४ सालको निर्वाचनलाई हेरेर प्रमोद यादवलाई मतदान गर्ने बताउनुभयो । मझगावा चोकको सडकमा तरकारी बेच्दै गरेका नागरिकता प्रसादले आफूले सहजै भेटघाट गर्न सकिने प्रमोद कुमार यादवलाई मतदान गर्ने बताउनुभयो ।
कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का छेदी लोधले मर्चवारमा धेरै नेता भएता पनि समस्या पर्दा जहिले पनि खोज्दा भेटिने नेता प्रमोद भएकाले उहाँलाई मतदान गर्ने गरी गाउँघरमा सल्लाह भइरहेको बताउनुभयो ।
उक्त क्षेत्रबाट नेपाली काँग्रेसबाट आशुतोष मिश्र, जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ला, रास्वपाबाट कन्हैया बनिया, जनमत पार्टीबाट भोपेन्द्र प्रसाद यादव, नेकपाबाट बाबुलाल यादवसहित २२ जना चुनावी मैदानमा हुनुहुन्छ ।
तस्वीरहरु :
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij