बिहिवार , फाल्गुण १४, २०८२
भैरहवा, १४ फागुन । प्रहरीले रुपन्देहीको बुटवलबाट साढे २७ लाख बढीको अवैध सामान बरामद गरेको छ । मंगलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्रीपथबाट अन्दाजी मूल्य २७ लाख ७८ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।
दुईवटा गाडीमा अवैध मदिरा छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्दा बाटोको किनारामा पार्किङ गरी राखिएको गाडीबाट बिलबिजक नभएको मदिरा बरामद गरिएको उहाँले बताउनुभयो । मदिराको १० लाख ७८ हजार र गाडीको मूल्य १७ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिनुभयो ।
बरामद गरिएका सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij