२०८३, आषाढ २७ गते

Jul 11 2026 | २०८३, आषाढ २७ गते

ढल निकास, डुबान र नदी कटानका समस्यालाई सम्बोधन गर्नुपर्छ : हिरा खत्री

बुधवार , फाल्गुण १३, २०८२

  • 781
    Shares
  • 781
    Shares
  • देवदह, १३ फागुन । रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार हिरा बहादुर खत्रीले ढल निकास, डुबान र नदी कटानका समस्यालाई सम्बोधन गर्न आफ्नो प्रयास रहने बताउनुभएको छ । रुपन्देही क्षेत्र नम्बर १ को तल्लो क्षेत्रमा डुबान र नदी कटानको समस्या वर्षेनी हुने गरेको उल्लेख गर्दै उहाँले त्यसको उचित व्यवस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो । 

    देवदह नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानको बुधबार घरदैलो गर्दै उहाँले यस क्षेत्रमा देखिने रोहिणी नदीको कटान तथा ढल निकास नहुँदा वर्षे भेलका कारण पर्ने डुबानको समस्यालाई सम्बोधन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले ढलको राम्रो व्यवस्थापन नहुँदा बस्तीमा हुने डुबान र नदी कटानका कारण आम नागरिकको खेतीयोग्य जमिन कटानको जोखिममा पर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले कटानको जोखिम रहेका क्षेत्रमा तटबन्धको व्यवस्था गर्ने बताउनुभयो । 

    उहाँले आफू चुनिएर गएपछि भविष्यमा संसद् विकास कोषबाट भए पनि उचित बजेटको व्यवस्था गरेर नदी कटानको समस्यालाई सम्बोधन र तटबन्धको उचित व्यवस्था गर्ने बताउनुभयो । घरदैलो र भेटघाटमा व्यस्त रहनुभएका खत्रीले प्रत्यक्ष जीवनसँग सरोकार राख्ने र दैनिक जीवनसँग जोडिएका विषयहरुलाई मतदाताले उठाउँदै आएको र मुलुकमा सुधारको आवश्यक रहेको सुझाव दिएको खत्रीले बताउनुभयो । 

    उहाँले मुलुकमा सुशासन र पारदर्शीलाई जोड दिदै दीगो विकास लक्ष्यलाई पूरा गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । कृषि, पर्यटन र रोजगारीका कुराहरुलाई प्राथमिकता साथ उठाउनुपर्ने आम नागरिकको सुझाव रहेकाले ती विषयलाई उम्मेद्वार खत्रीले खाका बनाएर संकलन गरेर भविष्यमा सरकारको ध्यानाकर्षण गराउने गरी मतदातालाई आश्वस्त पार्नु भएको क्षेत्रीय सचिव तथा प्रचारप्रचार संयोजक विजय गुरुङले जानकारी दिनुभयो ।