२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

सुकुम्बासी बस्तीहरुमा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नु नै मेरो अर्जनदृष्टि : खत्री

बुधवार , फाल्गुण १३, २०८२

  • 556
    Shares
  • 556
    Shares
  • भैरहवा, १३ फागुन । रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार हिरा बहादुर खत्रीले अव्यवस्थित सुकुम्बासी बस्तीहरुमा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने नै आफ्नो अर्जनदृष्टि भएको बताउनुभएको छ । उहाँले आफू देवदह नगरपालिकाको तत्कालीन नगरप्रमुख हुँदा जग्गाधनी पुर्जा दिलाउनका लागि अर्जुनदृष्टि बनाएर काम गरेको स्मरण गर्नुभयो । त्यसबेला दु्रत गतिमा अगाडि सारेको जग्गाधनी पूर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो ।  

    देवदह नगरपालिकाका विभिन्न वडाहरुमा मंगलबार घरदैलो तथा मतदातासँग सुझाव संकलन गर्दै हिंड्नुभएका खत्रीले आफ्नो क्षेत्रमा आधाआधी अव्यवस्थित, भूमिहीन सुकुम्बासीहरुको बसोबास रहेकाले उनीहरुलाई कसरी हुन्छ जग्गाको मालिक बनाउने भन्ने चिन्ता आफ्नो रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘सुकुम्बासी बस्तीमा जग्गाकै कारण ठूलो पूँजी फसेको छ, त्यसलाई आर्थिक रुपमा चलायमान बनाउनु अहिलेको आवश्यकता हो, अव्यवस्थित बस्तीमा पूर्जाबिहीनताले आर्थिक चलायमान हुन सकेको छैन, आर्थिक चलायमान बनाउन र जग्गाधनी प्रमाणपूर्जा दिलाउने कुरामा मेरो अर्जुनदृष्टि रहेको छ’ उहाँले भन्नुभयो । उहाँले आफूले तत्कालीन समयमा झण्डै एक हजारलाई पूर्जा वितरण गरेको समेत सुनाउनुभयो ।

    आफू तत्कालीन समयमा देवदहको मेयर हँुदा ठुलो धनराशी, जनशक्ति परिचालन गरेर तीव्र रुपमा काम गरेको उल्लेख गर्नुभयो । उहाँले क्षेत्रभित्र रहेका अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामीत्व दिने कुरामा नीतिनै बनाएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।  जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेकाहरुमा धेरै निराशा रहेको बताउँदै जग्गाका सन्दर्भमा जेनजीका मुद्दाहरु, कानूनी उल्झनहरु रहे तापनि तिनलाई चिर्दै नागरिकहरुलाई सर्वसुलभ दररेटमा जग्गाको धनी बनाउने बाटोमा प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    खत्रीले रुपन्देहीको क्षेत्र नम्बर १ का विभिन्न पालिकामा नागरिकसँग प्रत्यक्ष भेटेर जनगुनासो, जनसुझावसँगै आफ्ना योजनाहरु सुनाउँदै हिंड्नुभएको निर्वाचन परिचालन संयोजक हरि प्रसाद काफ्लेले बताउनुभयो । उम्मेदवार खत्री निरन्तर घरदैलो र जनभेटघाटमै रहेकाले आम नगरिकले सडक, ढल, व्यवस्थित सहर, सुशासनमैत्री तीनै तहका सरकारलगायतका विषयहरु उठाएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो ।