बुधवार , फाल्गुण १३, २०८२
बुटवल, १३ फागुन । घरदैलोमा रहनुभएका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु प्रसाद पौडेललाई युवा पुस्ताले विकासका योजनासँगै रोजगारमूलक क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् । सोमबार मात्रै जेनजी २.० समूहले यो क्षेत्रमा पौडेललाई साथ दिने घोषणा गरेसँगै अलमलमा परेका युवाहरु उहाँको पक्षमा खुलेका हुन् । जेनजी समूहले विभिन्न क्षेत्रको अध्ययन र सर्वेक्षणका आधारमा पौडेललाई समर्थन गर्ने घोषणा गरेका थियो ।
निर्वाचनको समय नजिकिँदै गर्दा उहाँले घरदैलो र मतदाता भेटघाट तीव्र गतिमा बढाउनुभएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री बनेर विकासका विभिन्न काम गर्नुभएका पौडेलले बुटवललाई महानगरको रुपमा विकास गर्ने, कालीगण्डकी डाईभर्सन योजना अघि बढाउने, बुटवल–पोखरा जोड्ने बाटो स्तरोन्नति गरी २ घण्टा कटाउनेसहितका कनेक्टिभिटीले धेरैको ध्यान केन्द्रीत गराएको हो ।
पौडेलले घरदैलोमा पनि यस्ता विषयमा प्रष्ट पार्नुभएको छ । मंगलबार तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ मा घरदैलो कार्यक्रम गर्नुभएको छ । बिहानै सबेरै उहाँ मतदाताको घरदैलोमा पुग्नुभएको थियो । सो क्षेत्रबाट निर्वाचित भएर देशकै अर्थमन्त्रीका रुपमा रुपन्देहीको विकासमा योगदान दिनुभएका उम्मेदवार पौडेलले मतदाताको सुझाव लिनुभएको छ । अधिकांश पुरानै मतदाताहरु उहाँको विकास र योजना बारेमा बुझेका छन् । घरघरमा पुग्दा मतदाता खुशी देखिन्छन् । घरदैलो मात्र होइन मन्दिर, विद्यालय र संघ–संस्थाहरुमा समेत उहाँ पुग्नुभयो ।
नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका पौडेलले सरस्वती पन्चायतन मन्दिर वैदिक आश्रम दर्शन तथा बटुकहरुसँग टीका ग्रहण गर्नुभयो । मणिग्राममा एक युवाले उहाँलाई फूल दिदै अग्रिम विजयको शुभकामना दिए । जेननी पुस्ताहरु देशको बारेमा चिन्तित छन् । युवाहरु पुनः एकपटक यस क्षेत्रबाट पौडेललाई विजयी गराउने गरी लागेको तिलोत्तमा वडा नम्बर ५ का संयोजक कृष्णप्रसाद भट्टराईले बतानुभयो ।
रुपन्देहीको निर्वाचन परिचालन कमिटीको आयोजनामा मंगलबार बिहानैबाट चुनावी प्रचारप्रसार भएको थियो । पहिलो चरणको घरदैलो सकेर यो दोस्रो चरण सुरु भएको उहाँले बताए । मंगलबार नै तिलोत्तमाको वडा नम्बर ६ को घरदैलो गर्नुभयो । रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिका गरी ३ पालिका समेटिएको भूगोलमा हरेक मतदातालाई भेट्ने र आफ्ना प्रतिवद्धता सुनाउँदै पौडेल दैनिक हिंड्नुभएको छ । कतिपय ठाउँमा सवारी साधनमार्फत र कतिपय स्थानमा पैदल नै हिंड्दै मतदाता भेट्ने काम जारी छ । मंगलबार नै उम्मेदवार पौडेलले तिलोत्तमा–६ मा घरदैलो, बुटवल–२ र १० मा सम्पर्क कार्यालयमा भेटघाट तथा तमु समुदायसँग अन्तरसंवाद गर्नुभएको छ । सो क्षेत्रमा पर्ने विभिन्न समस्यासँगै स्थानीयले यी समस्या सम्बोधनका लागि गरेका आग्रहलाई उहाँले सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij