२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

जन्मदिनमा जिम्मेवारी : बोहरा बने अनेरास्ववियु भैरहवा बहुमुखीको संयोजक

मंगलवार , फाल्गुण १२, २०८२

  • 283
    Shares
  • 283
    Shares
  • भैरहवा, १२ फागुन । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीको संयोजकको जिम्मेवारी राम बहादुर बोहरालाई दिइएको छ । स्नातक प्रथम वर्षमा अध्ययनरत बोहरालाई मंगलबार संयोजकको जिम्मेवारी प्रदान गरिएको अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य सागर न्यौपानेले जानकारी दिनुभयो ।

    जाजरकोट घर भएका बोहराको आज जन्मदिन समेत परेको र संयोजक पाउनुभएका उहाँले पाएकाले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त रहेको अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष तथा एमाले सिद्धार्थनगरका उपसचिव सरोज ठकुरीले बताउनुभयो । 

    d8328d34-944d-46f4-97d9-b642fdff5ad7.jpg

    भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियूका सागर न्यौपाने निर्वाचित भएका छन् । २०७९ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको थियो ।