२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

देउवा निवासमा नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक 

सोमवार , बैशाख २०, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • काठमाडौं, २० वैशाख ।

    समसामयिक राजनैतिक घटनाक्रमका सम्बन्धमा पार्टीको धारणा तय गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बसेको छ। 
    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेलगत्तै आज प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बैठक बस्न लागेको हो ।

    सभापति शेरवहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा संसदको बिशेष अधिवेशन तथा समसामयिक राजनीतिका बारेमा छलफल हुने नेताहरुले जानकारी दिए । 

    हिजो मात्र राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते सोमबार संसदको विशेष अधिवेशन आव्हान गरिएको थियो ।

    लुम्बिनी प्रदेशमा हिजो आइतबार भएका राजनीतिक घटनाक्रमका बारेमा पनि बैठकमा छलफल हुने नेताहरुको भनाइ छ ।

    सभापति देउवाले हिजै लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेलको राजिनामा र पुनर्नियुक्ति असंवैधानिक भन्दै विरोध जनाइसकेका छन् ।

    प्रतिनिधिसभा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले पनि अल्पमतमा परेका शंकर पोखरेललाई पुनःनियुक्ति र सपथ गराउनु संविधानविपरीत भएको भन्दै सच्याउन माग गरेका छन्