२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

रुपन्देहीमा एक महिनामा ११५ अपराधका मुद्दा दर्ता

बिहिवार , फाल्गुण ७, २०८२

  • 151
    Shares
  • 151
    Shares
  • भैरहवा, ७ फागुन । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीमा २०८२ को माघ महिनामा ११५ वटा अपराधका मुद्दा दर्ता भएको छ । ती मुद्दामध्ये ७२ वटा जघन्य तथा गम्भीर अपराध, ४ वटा महिला तथा बालबालिका सम्बन्धी र ३९ वटा आर्थिक अपराधसम्बन्धी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।
    माघमा ज्यानसम्बन्धी १०, आमहत्या ६, सामाजिक अपराध २६, चोरी ६, सवारीसम्बन्धी १२ र विविध ३८ वटा मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

    फैसला कार्यान्वयनतर्फ फरार प्रतिवादी १८ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनीहरुबाट ५ लाख ७१ हजार ५० रुपैयाँ जरिवाना असुलसमेत भएको छ । चालु मुद्दातर्फ १२१ जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।

    महिला तथा ज्येष्ठ नागरिकतर्फ उजुरी (घरेलु हिंसा) मा ७१ र महिला छिमेकीसँग झगडा (ठाडो निवेदन) मा ५५ वटा दर्ता भएकोमा घरेलु हिंसाका ५९ र ठाडो निवेदनका ४५ वटा मिलापत्र भएको रुपन्देही प्रहरीले जनाएको छ । माघ महिनामा लागूऔषध सम्बन्धी ११ वटा मुद्दा दर्ता भएकोमा २१ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

    माघमा रुपन्देहीमा जिल्लामा ७१ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको र १३७ जना घाइते भएका छन् । प्रहरीले ७१ जनालाई उद्वार गरेको छ । चेकिङका क्रममा ३ हजार ४५ वटा सवारीसाधन कारवाहीमा परेको र कारवाहीबाट ५१ लाख ८६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । प्रहरीले महिनामा १ करोड ३१ लाख १ हजार ५२ रुपैयाँ बराबरको भन्सार छलेर अवैध रुपमा ल्याइएको सामान बरामद गरेको छ ।