२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

काशीमा साँस्कृतिक कार्यक्रम

बिहिवार , फाल्गुण ७, २०८२

  • 109
    Shares
  • 109
    Shares
  • भैरहवा, ७ फागुन । काशी नोबल एकेडेमी सिद्धार्थनगर नगरपालिका–१२, रुपन्देहीले विद्याललयमा साँस्कृतिक कार्यक्रम सुरु गरेको छ ।  कार्यक्रम अन्र्तगत बुधबार नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुले आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए । 

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै शिक्षा विकास तथा समन्वय इकाइ उपसचिव रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले काशी नोबल एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा अब्बल सावित गरेको बताउनुभयो । उहाँले विद्यार्थीको सर्वागींण विकासका लागि विभिन्न कार्यक्रममा सहभागी गराएको बताउनुभयो । प्रमुख पन्थीले २१ औं शताब्दीमा विद्यार्थीको चौतर्फी विकासमा जोड दिनुपर्ने र काशीको प्रयास सार्थक रहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । 

    IMG_3066.JPG

    विद्यालय सञ्चालक समितिका अध्यक्ष टोप बहादुर रायमाझीको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता, प्याब्सनका लुम्बिनी प्रदेश कोषाध्यक्ष महेश भुर्तेलको विशिष्ट आतिथ्यता, प्याब्सन सिद्धार्थनगर अध्यक्ष उदय कुमार मल्लिक, सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष समसाद इद्रिसी, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोका, विद्यालयका पुर्व अध्यक्ष तथा सल्लाहकार ओम जैसी, संस्थापक अन्जु जैसी, पुर्ण प्रसाद श्रेष्ठ, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी क्षेत्रीय प्रमुख शान्ती दिदी लगायतको आतिथ्यता रहेको थियो । 

    कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले विद्यालयले गरेका विविध गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले विद्यालयले विद्यार्थीको सर्वागींण विकासका लागि सबै विद्यार्थीलाई मञ्चमा उभ्याएको जनाउनुभयो । वि.सं. २०५२ सालमा स्थापना भएको विद्यालय तीन दशक पार गरेको छ । विद्यालयका हरेक वर्षका नतिजा राम्रो भएको घिमिरेले बताउनुभयो ।

    IMG_3093.JPG
    u

    कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य श्री रायमाझीले गर्नुभएको थियो । साँस्कृतिक कार्यक्रम अन्र्तगत फागुन ७ गते कक्षा ४ देखि ७ सम्म र फागुन ८ गते कक्षा ८ माथिका विद्यार्थीको नृत्यकला प्रस्तुत हुने विद्यालयले जनाएको छ । काशी नोबल एकेडेमी अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित संस्था हो ।