२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

रुपन्देही–३ मा प्रलोपाले एमालेलाई सघाउने

बुधवार , फाल्गुण ६, २०८२

  • 94
    Shares
  • 94
    Shares
  • भैरहवा, ६ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहनुभएका बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ । 
    पार्टीका उम्मेदवार अनुशासनको कारवाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार घिमिरेलाई सघाउने निर्णय गरेको हो । 

    सो पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार घिमिरेलाई मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपील गरेको छ । पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला वि.क.ले संयुक्त रूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराउनुभएको हो । 

    WhatsApp Image 2026-02-18 at 5.58.13 AM (1).jpeg

    सो पार्टीका अनुसार कर्णाली प्रदेश तथा साविक राप्तिका केही स्थानमा समेत नेकपा एमालेसँग चुनावी तालमेल भएको प्रलोपाका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बताउनुभयो ।

    यसअघि घिमिरेलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार श्रीनिवास यादव र स्वतन्त्र उम्मेदवार मोहम्मद मर्तुजा साहले पनि आफ्नो उमेदवारी निष्क्रिय बनाई समर्थन गरिसक्नुभएको छ ।